रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको मृत्यु

प्रवास

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको मृत्यु भएको छ ।

म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको मृत्यु भएको बताएका हुन् ।

रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौँ । यो सबैभन्दा ठूलो पीडा हो जुन कुनै पनि आमाबाबुले महसुस गर्न सक्छन् । हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुसीका साथ बाँच्न बल दिन्छ । हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौँ । हामी सबै यस क्षतिमा स्तब्ध भएका छौँ र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौँ । हाम्रो बच्चा, तिमी हाम्रो परी हौँ । हामी तिमीलाई सधैँ माया गर्नेछौँ ।’

३७ वर्षीया रोनाल्डोका यसअघि नै चार सन्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *