डब्ल्युएचओका महानिर्देशक भोलि नेपाल आउने

देश

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउने भएका छन।

सद्भावपूर्ण भ्रमणका लागि महानिर्देशक गेब्रेयसस नेपाल भ्रमणमा आउने भएका हुन् । महानिर्देशक गेब्रेयससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । तीन दिने भ्रमणका लागि आउन लागेका महानिर्देशक गेब्रेयससले बिहिबार नै स्वास्थ्य मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेट्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *