सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

देश

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन चार दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनका शीर्ष नेता टिकट बाँडफाँट र तालमेललाई अन्तिम रूप दिन आज बुधबार पनि छलफलमा बस्दैछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने बस्ने बैठक ११ बजेबाट सुरु हुने बताइएको छ ।

मंगलबार महानगरको भागबण्डा मिलाएको गठबन्धन बैठकले बुधबार उपमहानगरपालिकाको टुङ्गो लगाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *