पल शाहलाई आज नवलपुर अदालत लगिँदै

देश

बलात्कार मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहलाई आज नवलपरासी पूर्व लगिने भएको छ । जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बोलाएको हो ।

त्यहाँ पनि उनै पीडितका तर्फबाट पलविरुद्ध बलात्कार मुद्दा दिइएको हो । दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

तर पल शाहले कारागार बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । उच्च अदालतमा केही दिनपछि यस विषयमा सुनुवाइ हुँदै छ । यसअघि प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन मगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *