खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उनले निर्देशन दिएका हुन् ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा आइपुगेपछि मंगलबार प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरुलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिएका हुन् ।