पोखराको मेयरका लागि एमालेबाट एक दर्जनको नाम केन्द्रमा

देश

पोखरा महानगरपालिकाको मेयरका लागि एमालेबाट १२ जनाको नाम केन्द्रमा सिफारिस भएको छ । एमालेले एक महिलासहित तीनजनाको नाममात्र सिफारिस गर्न भनेपनि सहमति जुट्न नसकेपछि आकांक्षी सबै १२ जनाको नाम केन्द्रमा सिफारिस गरिएको हो ।

पोखरा महानगरको मेयरका लागि केन्द्रीय सदस्यहरू भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरू पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीको नाम सिफारिस भएको छ ।

उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेलको नाम सिफारिस भएको छ ।

गत शुक्रबार पोखरा महानगर कमिटीले आकांक्षी १२ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो । पोखरामा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको टकराबका कारण सहमति जुट्न नसकेको एमालेकै नेताहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *