एमालेले आज घोषणा पत्र सार्वजनिक गर्दै

देश

नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ ।

पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन, च्यासलमा घोषणा पत्र सार्वजनिक हुनेछ ।

यसैबीच, एमालेले थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय पनि आज सार्ने भएको छ । रिजालका अनुसार च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पार्टी केन्द्रीय कार्यालय सार्न लागिएको हो ।

थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय साँगुरो भएकाले स्थानान्तरण गर्न लागिएको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *