आज १६ औं लोकतन्त्र दिवस मनाइँदै

देश

आज १६ औं लोकतन्त्र दिवस । लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विगतका वर्षहरुमा लोकतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमहरु हुने गरेको भएपनि यो वर्ष चुनावको रमझमले यो दिवस ओझेलमा परेको छ ।

०६२/६३ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन विरुद्ध भएको जनआन्दोलनले सफलता प्राप्त गरेको वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । १९ दिनसम्म चलेको जनआन्दोलनबाट २०६३ साल बैशाख ११ गते संसद् पुनर्स्थापना भएको थियो ।

सोही आन्दोलनपछि पुनर्स्थापना संसदले तत्कालिन अवस्थामा राजामा रहेका सम्पूर्ण अधिकार कटौती गरेको थियो भने दश वर्षदेखि देशमा हिंसा मच्चाईरहेको माओवादीलाई पनि शान्ति प्रक्रियामा ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *