स्थानीय चुनावको लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयास स्वरुप पाँच दलका अध्यक्षहरुकाे आज (सोमबार) बैठक बस्ने भएकाे छ ।
पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने प्रयास हुन लागेको हो । केन्द्रमा पाँच दलीय गठबन्धन कायम राख्ने प्रयास भएपनि जिल्ला र स्थानीय तहमा फरक–फरक तरिकाले गठबन्धन भइरहेको छ । गठबन्धनको आइतबार बसेको बैठकले सबै दलबीच चुनावी तालमेल नभए पनि गठबन्धन बाहिरका दलसँग नगर्ने निर्णय गरेको थियो ।