गाउँपालिका उपाध्यक्षमा एमालेका लामा निर्विरोध

देश

मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमार फुन्चो लामा निर्विरोध भएका छन् । उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् ।

नार्पाभुमीको अध्यक्षमा एमाले समर्थित मिङमार सोनाम लामाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिन लामाले उम्मेदवारी दिएका छन् । कांग्रेसकै कृष्णबहादुर लामाले बागी उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *