मोरङको पथरीशनिश्चरेमा रहेका दुई क्लिनिकबाट प्रहरीले दुईजना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ ।
पथरीशनिश्चरेस्थित श्रीराम पाइल्स क्लिनिक सञ्चालक भारतीय नागरिक २७ वर्षीय पर्सनजित बर्मन र मोरङको सुन्दरहरैंचा–३ मा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालन भारतको दार्जिलिङ घर भएका २९ वर्षीय सनोड मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुसँग चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमणपत्र नपाइएपछि पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।