अब टेलिकमले ई-सिम उपलब्ध गराउँने

देश

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई ई–सिम उपलब्ध गराउने भएको छ । यसका लागि हालै टेलिकम र मोन्टी युके ग्लोबलबीच एक सम्झाैता भएकाे छ ।

साे सम्झाैतामा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक काम छिट्टै नै सुरु हुने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *