सीवाईसी नेपाल लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहिबार बिहान नक्साल स्थित क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपिओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जस मध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको छ ।
जस अनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । ति मध्ये ८ जनाले थप १ कित्ता शेयर पाउँदा लगानीकर्ताले अधिकतम ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदक हात खाली भएको छ।