‘तिमीलाई माया गर्छु र त मर्न सक्छु,: समीक्षा अधिकारी

देश

गायिका समीक्षा अधिकारीले दुई महिना पछि आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान भावुक स्टाटस पोस्ट गरेकी छिन् ।

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु,

मार्न सक्छु तिम्रो लागि आफैंलाई पार्न सक्छु

तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म

त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु

दुई महिना पछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेको स्टाटस हो यो ।

गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् । समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ ।

उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ । साथै, जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।

Leave a Reply

Your email address will not be published.