उम्मेदवारी फिर्ता लिन चाहनेलाई अपराह्न ५ बजेसम्म

देश

स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले शुक्रवार उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेलाई अपराह्न ५ बजेसम्मको समय दिएको छ । उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । दुई दिनमा देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो । उम्मेदवारीमाथि परेका दाबी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ प्रारम्भिक नामावली प्रकाशन गरेको थियो। शुक्रवार अपराह्नसम्म उम्मेदवारले नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन हुनेछ ।

Leave a Reply

Your email address will not be published.