श्रम र उचित पारिश्रमिकको प्रत्याभूति होस् : राष्ट्रपति

देश

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १, २०२२) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले उक्त अपेक्षा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले दिवसका अवसरमा मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरिन् ।

‘आप्रवासी श्रमिकको मानवअधिकार रक्षा गर्न सम्बद्ध निकाय र क्षेत्रहरूले निरन्तर पहल जारी राख्नु पर्दछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘उद्यमशीलता विकासका लागि पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकाले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ हामी सबैको प्रयास रहनु अत्यन्त आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *