आजदेखि विद्यालय ६ दिन बिदा हुने

शिक्षा

देशैभरका विद्यालय बुधबारदेखि ६ दिन बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले बुधबारबाट बिदा भएको हो ।

हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् । सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन् ।

सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ । यस्तै, सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । वैशाख ३१ गते शनिबार परेको छ । १ गते आइतबार र २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । त्यसकारण देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *