भारतसँगका २२ सीमा नाका बन्द गर्न सिफारिस , अब कुन-कुन हुन्छन् खुल्ला?

खास खबर

काठमाडौं : सरकारले भारतसँग सीमाना जोडिएका नेपालका २२ नाका बन्द गरेको छ। शुक्रबार सिंहदरवारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वैठकले नेपाल भारतका ३५ मध्ये २२ वटा नाका बन्द गर्न सिफारिस गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

उनका अनुसार अब १३ नाका मात्रै खुल्ने भएका हुन्।

पशुपतिनगर,काँकडभिट्टा, जोगवनी, भिट्टामोड,गौर,वीरगञ्ज,कृष्णनगर,बेलहिया, जमुनाह, गौरीफन्टा, गड्डाचौकी, कुलघाट र झुलाघाट मात्रै सञ्चालन गर्न सिफारिस भएको हो। यो खबर पहिलो पोस्ट बाट साबार गरिएको हो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *