आज देखि आदर्श लघुवित्तको आईपीओ निष्काशन

आर्थिक

आदर्श लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गरेको छ । कम्पनीले आज देखि सर्वसाधारणमा ६७ लाख बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको हो ।

सर्वसाधारणमा निष्काशन भएको कुल ६७ हजार कित्ता सेयरमध्ये १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई र यी बाहेक बाँकी ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका छुट्याएको छ ।

कम्पनीको आईपीओमा छिटोमा असार ६ गतेसम्म र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published.