आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै छ। बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहभागिता जनाउने छन् । बैठकमा पछिल्लो समय विवादीत बन्दै गएको स्टेट पार्टनरसिप प्रोगाम एसपीपी तथा प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणका बारेमा केन्द्रित हुने बताइएको छ ।
त्यस्तै नेपालको परराष्ट्र नीति कार्यान्वयनका बारेमा पनि छलफल हुने छ । यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलाएर छलफल गरेको थियो।