रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

देश

रुकुमपश्चिम आठबिसकोट नगरपालिका(११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्का छन् ।

जिपमा चालक र सहचालक मात्र रहेको जनाएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।

Leave a Reply

Your email address will not be published.