आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आज

देश

नेपाल प्रहरीको महानिरिक्षक(आईजीपी) नियुक्ती सम्बन्धी विवादको अन्तिम सुनुवाइले आइतबारदेखि निरन्तरता पाउँदै छ। जेठ ३० गते कामु प्रधानन्यायाधिश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु गरेपनि त्यस दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा असार ५ गतेका लागि राखिएको थियो।

अतिरिक्त महानिरिक्षक(एआईजीका लागि भएको सिफारिसविरुद्ध रिट हालेतका तीन नायब महानिरिक्षक(डीआईजी) र आईजीपी बढुवा सम्बन्धी विश्वराज पोखरेलले दर्ता गरेको रिटलाई लगाउमा राखेर एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ।

एआईजी सिफारिसविद्ध रिट हालेका घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीले अवकाश पाइसकेका छन्।
आफुभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै रिट हालेका पोखरेलले पनि बढुवा नभए आगामी साउन २० देखि अवकाश पाउनेछन्।
जेठ १७ गते मुद्धा लगाउमा राखिएको र कतिपय विपक्षीलाई म्याद तामेल नभएको भन्दै जेठ ३० गतेका लागि पेशी तोकिएको थियो।

Leave a Reply

Your email address will not be published.