प्रतिनिधि सभा बैठक बस्दै

देश

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा गृह मन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधन र बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.