रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोले

देश

पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ पार्टीको नाम घोषणा गरेका छन् । उनले आफूले गठन गर्ने पार्टीको नाम – राष्ट्रिय स्वतन्त्र पार्टी रहने जानकारी गराए ।

स्वतन्त्ररूपमा उम्मेदवारी दिन चाहनेहरूलाई पार्टीमा स्वागत गर्ने उनले बताए । उनले मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्।

‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छु’, उनले भने, ‘हाम्रो पार्टीको नाम हुनेछ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *