सरकार र वायु सेवा सञ्चालकहरुबीच सहमति

देश

बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।

वायु सेवा सन्चालक संघले हवाई सेवा कम्पनीहरुल आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन् ।
सोसँगै आफ्ना सबै उडान नियमित हुने यती एयरलाइन्सले जनाएको छ । त्यस्तै बुद्ध एयरले पनि बिहान ११ बजेदेखि उडान नियमित हुने सूचना जारी गरेको छ ।

मंगलबार वायुसेवा सञ्चालक संघले पत्रकार सम्मेलन गरेर बुधबारदेखि उडान नगर्ने घोषणा गरेको थियो । त्यसलगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरी आफ्नो निर्णयको बचाउ गरेको थियो ।

दुवै पक्षबीच मंगलबार राति भएको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो । गृह मन्त्रालयको समन्वयमा भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालकहरु उडान नरोक्न सहमत भएका हुन् ।

प्राधिकरणले वायुसेवा कम्पनीलाई आफ्नो बेस स्टेसनबाट उडान गर्न हवाइ कम्पनीलाई निर्देशन जारी गरेपछि तत्काल नसक्ने भन्दै उडान स्थगन गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *