संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै

देश

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ पेश गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, ०७६ प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

लोकसेवा आयोग विधेयक, ०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।

 

Leave a Reply

Your email address will not be published.