बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले गठबन्धन गर्ने

देश

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले विचार मिल्नेसँग गठबन्धन गर्ने निर्णय गरेको छ। शनिबार काठमाडौंमा बसेको पार्टीको पहिलो केन्द्रीय समितिको पूर्ण बैठकले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग लिने निर्णय समेत गरेको छ।

चुनावमा विचार मिल्ने र मुद्दा मिल्ने पार्टीसँग आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय बैठकले गरेको हो । ‘निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्न सक्ने निर्णय पनि गरेको छ,’ बैठकपछि अध्यक्ष भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

समाजवादी पार्टीमा महेन्द्र राय यादव समेत अध्यक्ष छन्। यो पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा रहेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *