प्रदिप गिरीको निधनमा राष्ट्रपति भण्डारीद्धारा दु:ख ब्यक्त

देश

राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरीको निधनमा शोक ब्यक्त गरेकी छिन । गिरीको निधनले सिद्धान्तनिष्ट बौद्धिक ब्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छिन ।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’आज बिहान टविट गर्दै भनेकी छिन, ‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *