विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव काठमाण्डौ उपत्यकामा सामान्य

देश

काठमाण्डौ उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना पक्राउ परेका छन् । उनीहरुलाई नयाँ बानेश्वर, कोटेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकाको सडकमा परेको छैन । सार्वजनिक तथा निजी सवारी साधनहरु निर्वाध गुडिरहेका छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्दको आव्हान गरेका हुन् ।

जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *