काठमाडौंमा रहेका अवैध संरचना हटाउन काठमाडौंका मेयर बालेन शाह आक्रामक रुपमा प्रस्तुत भएका छन ।
त्यस्ता संरचना हटाउन ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान स्वरुप डोजर लिएर आफैँ भत्काउन पुगेका छन ।
आज मात्रै शाहले सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएका छन । संरचना भत्काउनुअघि ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराइएको थियो ।
अवैध संरचना भत्काउन मेयर बालेन्द्र आफैं सुन्धारा पुगे । शाहसहित ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगे ।
यतिबेला मेयर बालेन शाह डोजर लिएर खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगेका छन । डरग्राउन्ड पार्किङ बन्द गरेर व्यापारिक प्रयोजनमा लगाइएपछि त्यसलाई भत्काउन बालेन खिचापोखरी पुगेका हुन । उनले दुई दिनअघि बानेश्वरस्थित बानेश्वर प्लाजाबाट अवैध संरचना भत्काउने अभियान थालेका थिए ।
सूचना निकाल्दा पनि अटेर गरेपछि नक्सा पास नगरी बनाइएका संरचना हटाउन थालिएको महानगरपालिकाले जनाएको छ ।