कक्षा १२ को नतिजा प्रकाशित

देश शिक्षा

कक्षा १२ को नतिजा प्रकाशन भएको छ। आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले सेतोपाटीलाई बताए। ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

यसपालि कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए। चार लाख १० हजार ६८ जनाले परीक्षा फारम भरेका थिए। कूल ४३ जनाको परीक्षा रद्द भएको थियो। जिपिए ३.६१ देखि ४ सम्म ल्याउने विद्यार्थी चार हजार एक सय ७९ छन्। साथै कम ल्याउने जिपिए १.६१ देखि २ ल्याउने विद्यार्थी संख्या ३५ जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *