भारतीय सेना प्रमुख मनोज पाण्डे आज अपरान्ह काठमाडौ आउँदै

खास खबर देश

भारतीय सेना प्रमुख मनोज पाण्डे आज नेपाल भ्रमणका लागि आउँदैछन् । जनरल पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आउन लागेको एभरेष्ट हेडलाइन्सलाई जानकारी दिए ।

सैकि प्रवक्ता सिलवालका अनुसार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी अपरान्ह काठमाडौ आउनल लागेका हुन् ।

भारतीय प्रधानसेनापति पाण्डेको भ्रमणमा नेपाली पक्षले हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म भारतलाई तिर्नुपर्ने करिब चार अर्ब रुपैयाँ बक्यौताको विषय पनि उठाउने तयारी भएको बताइएको छ ।

त्यस्तै जनरल पाण्डेले  प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतका उच्च पदस्थ व्यक्तिलाई भेट्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *