गायक सुरेन भण्डारीको ओ पियारा नामक गीति एल्बम सार्वजनिक भएको छ । डडेल्धुरा निवासी भण्डारीको यसअघि ओेई सुगा, झूम्केली बौजु लगायतका गीत सार्वजनिक भइसकेका छन् ।
ओ पियारा गीतमा शब्द संगीत दुवै गायक भण्डारीको रहेको छ । भने गायिका अस्मिता अधिकारी रहेकी छन् । गीतको निर्देशन गौरब गिरीले गरेका छन् ।
म्युजिक भिडियो तर्फ भद्रजंग कुँवर तथा सोनिया शाहीको अभिनय रहेको छ । गीतले परदेश जानुका पीडालाई चित्रण गरेको छ । साथै स्वदेशमा नै केही गर्नका लागि गीतले सन्देश दिएको छ । गीत यूटुबमा समेत सार्वजनिक गरिएको उक्त गीतको छायांकन सुदुरपश्चिममा नै गरिएको छ ।