काग तिहारको अवसरमा रडियोबाट छैटौं काग सम्मेलन गरिने

मनोरञ्जन

धवन्तरि जयन्ती तथा यमपन्चको पहिलो दिन काग तिहारको अवसर पारेर काग सम्मेलन गरिने भएको छ । विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने प्रतिभा भएका, युवा प्रतिभा पुरस्कार तथा विभिन्न आइडल टयालेन्ट हन्ट शो बाट समेत सम्मानित भएका भुवनेश्वर अधिकारी २०७३ साल देखि विभिन्न मिडियामा आबद्ध हुदै उनको पहिलो काग सम्मेलन २०७४ साल देखिको लगातार २०७९ को छैटौं काग सम्मेलन भएको बताएका छन ।

अहिले छैटौं बृहत् काग सम्मेलन २०७९ हुने भएको छ । सामुदायिक रेडियो देउरालीबाट पहिलो काग सम्मेलन भएको थियो, र अहिलेपनि सोहि रेडियोबाट काग सम्मेलन रेडियोको अन एयरबाटै गर्ने भएका छन।

रेडियोको अनएयरबाट प्रत्यक्षप्रसारण मार्फत कागको आवाज निकाल्दा रेडियो स्पिकरबाट आवाज सुनेर कागहरु वरिपरि उड्ने र रेडियोको नजिक कागहरु एकत्रित हुने हास्य कलाकार अधिकारीले बताए ।

यस्तै कार्यक्रम रेडियो देउरालीको समन्वयमा देशभरका सयौं बढि रेडियोबाट प्रशारण हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *