इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

आर्थिक

इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको सवा ६ करोड आइपीओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २८ गते शुक्रबारदेखि आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर जारी गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा अवितरित ५० हजार ३१० कित्ता सहित सो संख्यामा सेयर जारी गरिएको हो।

आईपीओमा सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *