साउन १६ देखी अर्घाखाँचीमा पुर्णकालिन निषेधाज्ञा हुने भएको छ । १६ गते राती १२ बजेबाट लागु हुनेगरी ३० गतेसम्म पुर्ण निषेधाज्ञा जारी गर्ने डिसिसिएमसी को बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागु गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए ।
अर्घाखाँची लगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले अर्घाखाँची सहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा कपिलवस्तु, पाल्पा, गुल्मी, प्युठान, झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्। यस्तै २२ जिल्ला जोखिम क्षेत्रमा परेका छन्।
अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुने निर्णय भएको छ । अर्घाखाँचीमा बुधवार बेलुकासम्मको तथयाङ्कमा ५ सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।