भन्सार नतिरी ल्याइएका मोबाइल आजदेखि बन्द हुने

देश

भन्सार नतिरी ल्याइएका मोबाइल सेट शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन ।

विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्देश्यले प्राधिकरणले यो नीति लागू गरेको हो । गत भदौ अघि नेपाल भित्रिएका मोबाइल सेटहरु भने चल्नेछन् । भदौपछि भन्सार नतिरी भित्रिएका सेटहरु भने एमडीएमएस दर्ता गरेपछि मात्रै चल्ने पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यस अघि नै सार्वजनिक सूचना जारी गर्दै पुस १५ गतेपछि कुनै पनि मोबाइल फोन एमडीएमएसमा दर्ता नगरिने बताएको थियो ।

शुक्रबारदेखि विदेशबाट आउनेहरुले पनि आफूले प्रयोग गरेको बाहेक अन्य मोबाइल सेट ल्याए भन्सार तिर्नुपर्ने छ । कसैगरी भन्सार छलेर मोबाइल भित्र्याएमा सेटमा सिम राखेको दुई सातापछि फोन नचल्ने पनि प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *