पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय

देश

सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिनका दिन हो । सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई शर्तका रुपमा अघि सारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *