काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा ३० जनाको शव भेटिएको छ । उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।