आज सभामुखको मनोनयन दर्ता

देश

आज दिउँसो १ देखि ४ बजेसम्म सभामुखमा मनोनयन दर्ता हुनेछ। सङ्घीय संसद् सचिवालयद्वारा प्रकाशित निर्वाचन तालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ ।

निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आज ४.१५ बजे  प्रकाशित गरिने छ । प्रतिनिधिसभाको  माघ ५ गते ११ बजेको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *