एनएसएल : आज दुई खेल, धनगढी विरुद्ध चितवन र बुटवल विरुद्ध विराटनगर

खेल

काठमाडौं।  खुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिवार) दुई खेल खेलिने कार्यक्रम रहेको छ।

दशरथ रंगशालामा खेलिने दुई खेलमध्ये पहिलो खेलमा धनगढी एफसी र एफसी चितवन प्रतिस्पर्धा गर्दै 

दशरथ रंगशालामा खेलिने दुई खेलमध्ये पहिलो खेलमा धनगढी एफसी र एफसी चितवन प्रतिस्पर्धा गर्दै छन्। अपरान्ह २:३० बजे शुरु हुने खेलमा चितवन यस प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्ने उदेश्यका साथ मैदान प्रवेश गर्नेछ। २ खेलमा २ बराबरी निकालेको चितवन अंक तालिकाको ६औं स्थानमा छ। उता दोस्रो स्थानमा रहेको धनगढी भने आज जित निकाल्दै शीर्ष स्थान ओगट्ने दाउमा छ।

त्यस्तै, आज खेलिने दोस्रो खेलमा ‘लिग लिडर’ बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसी प्रतिस्पर्धा गर्दै छन्। आफ्नो २ खेलमा १ जित र १ बराबरी सहित ४ अंक बटुलेको बुटवलको टोलीले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन देखाइरहेको अवस्था छ। उता आफ्नो पहिलो खेलमा धनगढीमाथि सुन्दर जित निकालेको विराटनगर दोस्रो खेलमा पोखरासँग स्तब्ध हुन पुगेको थियो। २ खेलमा ३ अंक सहित विराटनगरको टोली ५औं स्थानमा छ।

आज हुने खेलहरु यस प्रतियोगिताका १०औं र ११औं खेल हुन्। २५ लिग खेल खेलिने एनएसएलको फाइनल खेल जेष्ठ १ गते हुनेछ। यो खबर लोकपथ बाट साबार गरिएको हो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *