टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो

प्रवास

साेमबार दक्षिणी टर्की र उत्तरी सिरियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४ हजार ३ सय जनाको ज्यान गएको छ । उद्धार कार्य जारी रहेकोले मृत्यु तथा घाइतेको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ ।

भूकम्पपछि टर्कीमा २ हजार ९०० भन्दा बढी  र सिरियामा १४ सयभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ । त्यसैगरी १५ हजारभन्दा बढी घाइते भएको देशको विपद् तथा आपतकालिन निकायका प्रमुखले जनाएका छन्। दुवै देशका हजारौं भवन भत्किएपछि भग्नावशेषमुनि फसेका मानिसहरूलाई जिउँदै उद्धार गर्न प्रयासरत छन्।

यूएस जियोलोजिकल सर्भेका अनुसार साेमबार बिहान  स्थानीय समय अनुसार ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै करिब १५ मिनेटपछि ठुलाे  पराकम्पन गएको थियो।

टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *