रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

देश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकमा राष्ट्रपति निर्वाचन र चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका विषयमा छलफल हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

स्वतन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । कसलाई मतदान गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने उपसभापति अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *