एमालेका आठ जना मन्त्रीहरूले बुझाए राजीनामा

देश

नेकपा एमालेका आठ जना मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । उनीहरुले बालुवाटारमा ‘प्रचण्ड’लाई भेटेर राजीनामा बुझाएका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेका ८ जना सरकारमा गएका थिए । एमालेको सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *