नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोकियो

देश

निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स दिन चलखेल गरिएको भन्दै विरोध भएपछि प्रधानमन्त्रीले प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।

नेपाल धितो पत्र बोर्डका अधिकारीलाई बोलाएर प्रधानमन्त्री दाहालले तत्काका लागि प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । धितो पत्र बोर्डले बिचौलियाको सेटिङमा लाइसेन्स दिने प्रक्रिया अघि बढाएको आरोप लाग्दै आएको थियो ।

सरकारी स्टक एक्सचेन्ज नेप्से हुँदाहुँदै निजी क्षेत्रलाई नयाँ लाइसेन्स वितरण गर्न उचित नहुने भन्दै प्रधानमन्त्रीले अहिलेको प्रक्रिया रोक्न निर्देशन दिएका धितो पत्र बोर्डका अधिकारीले जानकारी दिए । नयाँ लाइसेन्स वितरणको प्रक्रिया शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएकै बेला भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *