एमालेको खीर खाने कार्यक्रममा देखिएनन् नेपाल समूहका नेता

देश

 नेकपा एमालेको केपी ओली समूहले पार्टी कार्यालयमा खीर खाने कार्यक्रम गरेर मनाएमा छन् । शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा गरिएको कार्यक्रममा केपी आली समूहले साउन १५ खीर खाने कार्यक्रम गरेका हुन् । तर वरिष्ठ नेता माधव नेपाल समूहका कुनै पनि नेता कार्यकर्ता देखिएका थिएनन् ।

उक्त खीर खाने कार्यक्रम झन्डै आधा घण्टा चलेको थियो । एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पूर्व मन्त्री लालबाबु पण्डित, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल लगायतका नेताहरु पुगेका थिए ।

कार्यक्रमलाई महासचिव पोखरेलले सम्बोधन गर्दै साउन १५ का अवसरमा बधाई तथा शुभकामना दिएका थिए । उनले पार्टी एकताका लागि अधिकतम प्रयास गरिरहेको र अधिकतम प्रयासलाई अनन्तकालसम्म लान नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *