एमाले नेता खनाललाई कोरोना सङ्क्रमण : नर्भिक अस्पतालमा भर्ना

देश

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

सङ्क्रमण भएपछि उनलाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । सङ्क्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्रमण हुन थालेको छ ।

सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । यो खबर राजधानी दैल्री बाट साबार गरिएको हो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *