बाढीले रेडियो मेलम्चीको भवन र पुल बगायो

खास खबर

मेलम्चीमा गएराति आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ। यसअघिकाे बाढीले क्षति पुगेको रेडियोको भवन गएरातिको बाढीले बगाएको हो ।

तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो । गएरातिको बाढीले पूरै भवन नै बगाएको हो । बाढीले पुल बगाएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा सडक सञ्जाल टुटेको छ। ​​

चनौटेस्थित रातोपुल बाढीले बगाएपछि हेलम्बु गाउँपालिका सडक सञ्जालबाट टुटेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *