२४ घण्टामा रूपन्देहीमा ९ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य

बुटवल– रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ सय ३२ जना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २ सय ५ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिकामा ६५ जना, तिलोत्तमा नगरपालिकामा ७२ जना, देवदह नगरपालिकामा २३ जना संक्रमित थपिएका छन्।

रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ।

रूपन्देहीमा वैशाख १ गतेयता संक्रमणदर एकाएक उकालो लागेको छ। वैशाख १ मा ३८ जना संक्रमित देखिएकोमा १८ गतेसम्म आइपुग्दा दैनिक संक्रमित हुनेको संख्या ४ सय ३२ पुगेको छ। यो संख्या वैशाख १ यता निरन्तर बढेको देखिन्छ।

तथ्यांकअनुसार २ गते १५ जना, ३ गते ३६ जना, ४ गते ३५ जना, ५ गते ६६ जना, ५ गते ७९ जना संक्रमित थपिएका थिए। यस्तै वैशाख ७ गते ७३ जना, ८ गते १ सय १८ जना ९ गते ६८ जनामा संक्रमण देखिएकोमा १० गते एकाएक बढेर यो संख्या २ सय २६ मा पुगेको थियो।

त्यस्तैगरि वैशाख ११ गते ३ सय १, १२ गत २ सय ४, १३ गते २ सय ६३, १४ गते ४ सय १९, १५ गते ३ सय ८०, १६ गते ४ सय ४७, १७ गते ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए।

रूपन्देहीमा मृत्युदर २ प्रतिशत पुगेको छ भने निको हुने दर ७३ प्रतिशत छ। २५ प्रतिशत सक्रिय संक्रमित छन्। यो देश संसार बाट साबार गरिएको हो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *