थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य

 नेपालमा शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ८३ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ६७ र ४ हजार ८ सय ७८ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएो छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५३ हजार ६ सय ३३ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ, । हालसम्म नेपालमा ९ हजार ८ सय ३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ८ सय १६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ५२ हजार २ सय ६१ संक्रमित निको भएका छन् । हाल ३१ हजार १४ जना सक्रिय संक्रमित आइशोलेशन र ३ सय ९० जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३५ लाख ९४ हजार २ सय २ वटा पिसिआर परिक्षण भएको छ भने ३ लाख १४ हजार १ सय ११ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *